विदेशी मुद्रा तस्करी गर्ने प्रयास विफल, करिब १ लाख ६२ हजार विदेशी मुद्रा बरामद

काठमाडौं । प्रहरीले काठमाडौंबाट दुबई जान लागेका ४ जना नेपालीलाई विदेशी मुद्रासहित पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हिमालय एअरलाइन्सको जहाजबाट बुधबार राति दुबई जान लागेका सन्तोष पन्थी, दीपेश राना, सूर्यमणि भण्डारी र अनिश थापालाई विभिन्न देशका १ लाख ६२ हजारभन्दा बढी विदेशी मुद्रासहित प्रहरीले पक्राउ गरेको हो ।

बरामद मुद्रा करिब १ करोड २५ लाख रुपैयाँ बराबर रहेको बताइएको छ । पक्राउ परेकाहरूको साथबाट करिब ४१ हजार ४०० अमेरिकी डलर, १ लाख १९ हजार ५०० साउदी रियाल, १३ सय ओमानी रियाल र बहरानी दिनारका ४८८ विदेशी मुद्रा बरामद गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर