सुनको मूल्यमा रेकर्ड ब्रेक, तोलाको १ लाख १३ हजार ६ सय

काठमाडौँ  । सुनको मूल्यले डेढ महिनाअघिको उच्च रेकर्ड तोडेको छ । नेपाली बजारमा बिहीबार सुनको मूल्य हालसम्मकै उच्च अर्थात् प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि गत जेठ १८ गते प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँको उच्च मूल्य रेकर्ड रहेको थियो । अघिल्लो दिनको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि असर परेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले साढे २ महिनाअघिको रेकर्ड तोड्न सकेको छैन भने नेपालमा यसअघिका सबै मूल्य रेकर्ड तोडिएको छ । चाँदीको मूल्यले भने नेपाली बजारमा तीन दिनयता दैनिक उच्च रेकर्ड बनाइरहेको छ । मंगलबार प्रतितोला १४८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १४९० रुपैयाँ पुग्यो भने बिहीबार १४९५ कायम भएकाे महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर