बरामद सुनको तौल जाँचका लागि राष्ट्रबैंक लगिँदै

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँच पास भइसकेपछि बरामद भएको सुनबारे अनुसन्धान भइरहेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी नवराज अधिकारीका अनुसार बरामद सुन झन्डै एक सय किलोको भएको अनुमान गरिए पनि एकिन परिणाम भने आज (बिहीबार) मात्र थाहा हुनेछ । उनका अनुसार अहिले बरामद भएको सुनको तौल जोख्न राष्ट्र बैङ्क लाने तयारी भइरहेको छ ।

उनले भने, “हिजो बरामद भएको सुन झन्डै सय किलोको अनुमान गरिए पनि एकिन परिणाम भने आज मात्र थाहा हुन्छ । अहिले बरामद सुन जोख्नको लागि नेपाल राष्ट्र बैङ्क लाने तयारी छ ।” सुन ओसारपसारमा संलग्न रहेको अभियोगमा अहिलेसम्म ६ जना पक्राउ परेको उनले बताए । विमानस्थल भन्सार जाँच पास भएर आएको सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बुधबार बरामद गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर