पहिरोले पुरै गाउँ प्रभावित, करीब २ सय बढी मानिस पहिरोमा परे, ५ जनाको शव भेटीयो

काठमाडौं । भारतको महाराष्ट्रको रायगढ जिल्लामा पहिरोले पुरै गाउँ प्रभावित हुँदा करीब २ सय बढी मानिस पहिरोमा परेका छन् ।

जसमध्ये पहिरोमा परेका पाँच जनाको शव निकालएको छ भने ७५ जनालाई घाइते अवस्थामा उद्धार गएिको छ ।

रायगढको खालापुर इशालवाडी गाउँमा १७ घरलाई पहिरोले पुरेको अनुमान गरिएको छ ।

भारतीय सञ्चार माधयमका अनुसार पहिरोमा फसेकाहरुलाई जिवितै उद्धार गर्ने कोशिस भईरहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर