एसिया कपको उद्घाटन खेलमा नेपालले पाकिस्तानसँग खेल्ने

काठमाडौं । एसिया कपको उद्घाटन खेलमा नेपालले पाकिस्तानसँग खेल्ने भएको छ ।

एसियाली क्रिकेट काउन्सिल एसीसीले सार्वजनीक गरेको तालिका अनुसार नेपालले आयोजक पाकिस्तानसँग मुल्तानमा उद्घाटन खेल खेल्ने भएको हो ।

नेपाल रहेको समूह एमा पाकिस्तान र भारत रहेका छन् ।

नेपालले अगष्ट ३० मा पाकिस्तानसँग र सेप्टेम्बर ४ मा भारतसँग श्रीलंकाको केन्डीमा खेल्नेछ ।

एसिया कपको बहुप्रतिक्षित मानिएको भारत र पाकिस्तानबीचको खेल सेप्टेम्बर २ मा श्रीलंकाको केन्डीमा हुनेछ ।

समूह बीमा बंगलादेश, अफगानिस्तान र श्रीलंका छन् । प्रतियोगिताको फाइनल खेल सेप्टेम्बर १७ मा श्रीलंकाको कोलम्बोमा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर