महिला विश्वकप फुटबल सुरू हुनु केही घण्टा अघि भएको बन्दुक हमलामा दुईको मृत्यु

काठमाडौं । न्युजिल्याण्डको अकल्याण्डमा भएको बन्दुक हमलामा दुई जनाको मृत्यु भएको छ ।

बिहीबार महिला विश्वकप फुटबल सुरू हुनु केही घण्टा अघि अकल्याण्ड शहरको मध्य भागस्थित एउटा भवन निर्माण क्षेत्रमा भएको हमलामा प्रहरी अधिकृतसहित ६ जना घाइते भएका छन् । गोली प्रहार गर्ने ब्यक्ति पनि प्रहरी कारबाहीमा मारिएको बताइएको छ ।

निर्माणाधीन भवनबाट एक ब्यक्तिले अन्धाधुन्द गोली प्रहार गरेको अन्तर्राष्ट्रिय सञचार माध्यमले जनाएका छन् । तत्कालै प्रहरीले जवाफी कारबाही गरेको र आक्रमणकारी व्यक्ति सोही भवनभित्र मृत फेला परेको प्रहरीको भनाइ छ ।

न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले उक्त घटनामा कुनै आतंककारी संलग्नता नरहेको भन्दै विश्वकप प्रतियोगिता निर्धारित तालिका अनुसार नै अघि बढ्ने बताउनु भएको छ । घटनामा कुनै राजनीतिक वा आतंककारी मनसाय पुष्टि नभएको र प्रहरीले सवैखाले जोखिमहरु निरुपण गरिसकेको पनि प्रधानमन्त्री हिपकिन्सको भनाइ छ ।

अकल्याण्डका मेयर वायन ब्राउनले विश्वकपमा सहभागी हुन आएका सबै खेलाडी तथा पदाधिकारीहरु सुरक्षित रहेको भन्दै मनमा कुनै त्रास राख्नु जरुरी नभएको बताए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर