रुसको मिसाइल आक्रमणले ६० हजार टन अन्न नष्ट भएको आरोप

काठमाडौं । रुसको मिसाइल आक्रमणले कृष्ण सागर तटमा राखिएको ६० हजार टन अन्न नष्ट भएको आरोप युक्रेनले लगाएको छ ।

लगातारको आक्रमणले अन्न भण्डारण पूर्वाधारमा पनि क्षति पुगेको युक्रेनको दावी छ । युक्रेनका कृषि मन्त्री माइकोला सोल्स्कीले निर्यात पूर्वाधारको ठूलो हिस्सामा क्षती पुगेको बताए ।

रुसले कृष्ण सागर पार गर्ने जुनसुकै जहाजलाई संभावित सैन्य खतराको रुपमा लिने र सोही अनुसार कारबाही गर्ने चेतावनी दिएको र केही घण्टामा नै युत्रेनको अन्न भण्डारहरुलाई निशाना बनाएको हो । यसअघि रुसले युक्रेनको खाद्य निकासी गर्ने सम्झौताबाट बाहिरिएको घोषणा गरेको थियो ।

टर्कीको मध्यस्थतामा गत वर्ष भएको उक्त सम्झौताबाट युक्रेनले फाइदा लिएको तर, आफुले पाउनुपर्ने शर्तहरु पुरा नभएको आरोप रुसको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशहरुले अन्न सम्झौतालाई “राजनीतिक ब्ल्याकमेल“ को रूपमा प्रयोग गरेको आरोप लगाए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर