कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बिहीबार पनि बस्दैछ । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ । मंगलबारदेखि शुरू भएको बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी छ ।

बैठकमा छलफलका लागि विभिन्न १० कार्यसूची तय गरिएको छ । बैठकमा विभाग गठन, पार्टीको राष्ट्रिय अभियान घोषणा, अनुशासन समितिको प्रतिवेदन, समसामयिक राजनीतिक, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदन, सांगठनिक कार्ययोजना र कार्यतालिका, नीति अधिवेशन, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन  विषयको कार्यसूचीमाथि छलफल भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर