त्रिभुवन विमानस्थलबाट १०० किलो सुनसहित तीनजना पक्राउ

काठमाडौं । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एकसय किलो सुन बरामद गरेको छ । मोटरसाइकल र स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाइ हङकङबाट तस्करी गरेर ल्याइएको सुन विभागले बुधबार बरामद गरेको हो ।

विभागकाअनुसार सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको छ । विमानस्थलबाट अध्यागमन र प्रहरीबाट समेत सुन पास भइसकेको अवस्थामा विभागले नियन्त्रणमा लिएको हो । विमानस्थलको भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला सुन बरामद भएको विभागले जनाएको छ ।

एकैपटक यति धेरै सुन बरामद भएको सम्भवतः पहिलो घटना भएको विभागको भनाइ छ । यसअघि २०७४ साल भदौमा चिनियाँ तस्करले भित्र्याएको ८८ किलो सुनसहित काठमाडौंको क्षेत्रपाटीबाट गाडी चालक पक्राउ परेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर