भद्रकुमारी घले सेवा सदन नभत्काऊ : उच्च अदालत पाटन

काठमाडौं । उच्च अदालत पाटनले भद्रकुमारी घले सेवा सदन नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश श्यामजी प्रधानको एकल इजलासले बुधबार सेवा सदनमा भएको अतिक्रमण तत्काल रोक्नका लागि आदेश दिएको हो ।

साथै उच्च अदालतले यही साउन ८ गते पेशी तोकेको छ । निवेदकले अन्तरिम आदेश माग गरेको सम्बन्धमा विपक्षीहरूलाई सुनुवाईमा शरीक गराई निष्कर्षमा पुग्नु मनासिव देखिएको आदेशमा भनिएको छ ।

अदालतले काठमाडौं महानगरका नाममा आदेश जारी गर्दै १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनेको छ । ‘निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो? मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सबुद प्रमाणसहित म्याद सूचना तामेल भएका मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र विपक्षीलाई आफै वा आफ्नो कानूनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नूहोला भनी आदेश र निवेदनको प्रतिलिपिसमेत साथै राखी विपक्षीका नाममा म्याद सूचना जारी गरी रीतपूर्वक तामेल गराई लिखित जवाफ परेपछि वा अवधि व्यतीत भएपछि नियमानुसार पेश गर्नुहोला’, आदेशमा भनिएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर