भक्तपुरको साँगामा बस दुर्घटना, पाँचजना घाइते

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ साँगामा बुधबार अपराह्न बस दुर्घटना पाँचजना घाइते भएका छन् । काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख ९३९६ को बस बुधबार दिउँसो ३ः१५ बजेतिर साँगाको पुलमुनिको भिरबाट करिब २५ मिटर तल खसेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । साँगा भञ्ज्याङ क्षेत्र भक्तपुर र काभ्रे जिल्लाको सिमाना हो ।

दुर्घटनामा चालकसहित पाँच जना घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए । उनका अनुसार, घाइते पाँचै जनालाई उपचारका लागि भक्तपुरस्थित मध्यपुर अस्पताल पठाइएको छ । घाइतेमध्ये चालकको अवस्था गम्भीर देखिएको र गाडीमा १५ जना यात्रु सवार रहेको बोहोराले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर