फोहोर अवरोधमा कुनै प्रगति देखिएन, स्थानीयको विरोध जारी

काठमाडौं । सर्वोच्च अदालतको फोहोरको गाडीलाई नरोक्न र कुनै शुल्क नलिनू भन्ने अन्तरिम आदेशको अतिरिक्त ककनी र धुनीवेसीका स्थानीय जनताले बुधबार पनि अवरोध जारी राखेका छन् । जारी अवरोध र अवरोध हटाउन शहरी विकास मन्त्रालयले छलफल कार्यक्रम आयोजना गरेको छ ।

नुवाकोटको ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले स्थानीयको मागबारे सम्बोधन भए फोहोर ढुवानीको अवरोध हट्ने बताए । समस्या समाधान सम्बन्धमा यसअघि भएका पछिल्ला उच्चस्तरीय बैठकको निर्णय कार्यान्वयन गराउन गाउँपालिकाले विकास मन्त्रालयको हिजो ध्यानाकर्षण गराएको थियो। त्यसपछि आज शहरी विकास मन्त्री सीता गुरुङले स्थानीय र सरोकारवालालाई छलफलमा बोलाएकी हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहालको संयोजकत्वमा वैशाख २९ गते बसेको उच्चस्तरीय बैठकका निर्णय र जेठ १ गतेको निर्देशन पालना गर्न शहरी विकास मन्त्रालयलाई हिजो स्मरण गराइएको गाउँपालिका अध्यक्ष तामाङले जानकारी दिए।

नुवाकोटबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङसहितका जनप्रतिनिधिले पनि ल्यान्डफिल साइटको अवलोकन गरी समास्या समधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर