केलियन एमबाप्पे स्पेन आउने विश्वास ब्यक्त

काठमाडौं । रियल मड्रिडका फरवार्ड रोड्रिगोले यसै समर ट्रान्सफरमा केलियन एमबाप्पे स्पेन आउने विश्वास ब्यक्त गरेका छन् । ब्राजिली स्टार रोड्रिगोले एमबाप्पेको आगमनसँगै रियल मड्रिडलाई धेरै सहयोग पुग्ने धारणा समेत राखे ।

पेरिस सेन्ट जर्मेन (पीएसजी)का सुपर स्टार एमबाप्पेले क्लबसँग सम्झौता नविकरणको प्रयास चलिरहेको समय प्रशिक्षणलाई सुरु गरेका छन् । पीएसजीले एम्बाप्पे क्लबमा बस्ने भए तत्काल सम्झौता नविकरण गर्नुपर्ने बताउँदै आएको छ । क्लब अर्को समरमा एमबाप्पेलाई कुनैपनि हालतमा निशुल्क बजारमा उपलब्ध गराउने पक्षमा छैन ।

एमबाप्पेले पीएसजीसँगको वर्तमान सम्झौता नविकरण नगर्ने बताईसकेका छन् । उनी यस सम्झौता सकिएसँगै क्लब छाड्ने पक्षमा छ । रियल मड्रिडले पछिल्लो अवस्थालाई नजिकबाट हेरिरहेको छ ।

सन् २०१८ का विश्वकप विजेता एमबाप्पेलाई यसै समर ट्रान्सफरमा क्लबमा देखिने विश्वास रोड्रिगोले लिएका छन् ।

‘रियल मड्रिडमा धेरै कुरा जटिल छन् । यहाँ सधै हल्ला हुन्छन् । यस वर्ष ह्यारी केनको विषयमा चर्चा छ ।’ रोड्रिगोले भने, ‘जब म रियल मड्रिड आएको थिए, धेरैले पोग्बा आउनेछन् भनेर हल्ला गरेका थिए । हामीलाई कुनै जानकारी छैन, हामी पनि पर्ख र हेरको अवस्थामा छौं । मलाई लाग्छ, एमबापपे आउनेछन् । उनीले हामीलाई धेरै सहयोग गर्नेछन् । उनी साँचो अर्थमा स्टार हुन् । तर हामीलाई केही थाहा छैन ।’

रियल मड्रिड फ्रान्सेली स्टारका लागि २ सय मिलियन युरो तिर्न तयार देखिएको छ । यदी पीएसजीले एमबाप्पेलाई बिक्री सुचिमा राखेको खण्डमा रियल बजारमा उत्रने देखिन्छ । पीएसजीबाट प्राप्त हुने बोनशका कारण एमबाप्पे यस वर्ष फ्रान्स छाड्न चाहदैनन् । सोही कारण उनी थप एक वर्ष फ्रान्समै रहन चाहन्छन् ।

यदी उनी जुलाई ३१ सम्म मात्र रहेको खण्डमा उनलाई बोनसको ५० प्रतिशत अर्थात ४० मिलियन युरोमात्र प्राप्त हुनेछ । यदी एमबाप्पे र पीएसजीले लोयल्टी बोनश वापतको रकममा सहमती गरेको खण्डमा एमबाप्पेको आगामी यात्राको टुङ्गो लाग्ने देखिन्छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर