शेयर लगानीकर्ताहरूलाई सजिलो हुने

काठमाडौं । शेयर लगानीकर्ताहरूले अब आफूले कारोबार गर्ने हरेक धितोपत्र दलाल कम्पनी (ब्रोकर) र मर्चेन्ट बैंकमा केवाइसी फारम भर्नु नपर्ने भएको छ । सीडीएस एण्ड क्लिएरिङ लिमिटेडले  औपचारिक रूपमा सी-केवाइसी सेवा शुरू गरेसँगै शेयर लगानीकर्तालाई सजिलो हुने भएको हो ।

सीडीएससीले निकै अघिदेखि सी-केवाइसी परीक्षण गरिरहेको थियो । परीक्षणपश्चात साउन १ गतेदेखि यसलाई बजारमै औपचारिक कार्यान्वयन गरेको हो । अब एकपटक सी-केवाइसी भरेपछि शेयर बजारसँग सम्बन्धित सबै प्रणाली र स्थानमा त्यसैले काम गर्नेछ । हाल डीपी सेवा चलाइरहेका संस्थामा गएर सी-केवाइसी भर्न सकिने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर