पर्खाल भत्किँदा कम्तीमा आठ मजदुरको मृत्यु

काठमाडौं ।  अविरल वर्षाका कारण पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको रावलपिन्डी शहरमा बुधबार बिहान निर्माणाधीन भूमिगत मार्गको पर्खाल भत्किँदा कम्तीमा आठ मजदुरको मृत्यु हुनुका साथै चार जना बेपत्ता भएका छन् ।

उद्धार सेवाका अधिकारीहरूका अनुसार रावलपिन्डीको गोलराह मोर क्षेत्रमा निर्माणाधीन भूमिगत मार्गको पर्खालमुनि सुतेका मजदुरमध्ये आठ जनाको शव भेटिएको र हराएका अन्य चार जनाको खोजी भइरहेको छ ।

दुर्घटनाको जानकारी पाउनेबित्तिकै उद्धारकर्मी घटनास्थलमा पुगेर भग्नावशेषबाट आठ जनाको शव निकालिएको थियो । मजदुरका शव परीक्षणका निम्ति स्थानीय अस्पतालमा लगिएको उद्धार सेवाका एक अधिकारीले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर