‘महानगरले ५० हजार जरिवाना गरेर ५ लाखको विज्ञापन गरिदियो’

काठमाडौं । नेपाली चलचित्र बगानलाई मंगलबार काठमाडौं महानगरपालिकाले जथाभाबी पोस्टर टाँसेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । उक्त जरिवाना तिराएर आफ्नो चलचित्रको विज्ञापन गरिदिएको नायिका करिश्मा मानन्धरले बताएकी छिन् ।

उनले बुधबार सामाजिक सञ्चालमा एक स्ट्याटस लेख्दै भनेकी छिन्, ‘महानगरले हामीलाई ५० हजार जरिवाना गरेर ५ लाखको विज्ञापन गरिदियो ।’ साथै उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले नेपाली सिनेमालाई माया गर्ने समेत उल्लेख गरेकी छिन् ।

काठमाडौं महानगरपालिकाले जारी गरेको विज्ञापनसम्बन्धी निर्देशिकामा महानगर क्षेत्र भित्रका सार्वजनिक स्थानमा विज्ञापन गर्दा कुनै पनि पर्चा, पम्प्लेट टाँसेको पाइएमा एक लाख रुपैयाँसम्मको जरिवाना गर्न पाउने व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर