भद्रकुमारी घले सेवा सदनमा काठमाडौं महानगरको डोजर

काठमाडौँ  । काठमाडौं महानगरपालिकाले अनामनगरस्थित भद्रकुमारी घले सेवा सदनको संरचना भत्काउन थालेको छ ।  महानगर प्रहरीको टोलीले बुधबार दिउँसो सेवा सदनको भवनमा डोजर चलाएको हो ।

भद्रकुमारी घले सेवा सदन सार्वजनिक जग्गामा निर्माण भएको भन्दै महानगरले तीन दिनअघि नै उक्त भवन खाली गराउन निर्देशन दिएको थयो । सदनकी सञ्चालक घलेले भने आफू गलत नरहेको र भवनको लालपुर्जा आफ्नै निजी रहेको बताउँदै आएकी छन् । पञ्चायतकालमा सिन्धुली जिल्लाबाट राष्ट्रिय पञ्चायत सदस्य र सहायक मन्त्रीसमेत भएकी घलेले आफ्ना सबै सम्पति सदनको नाममा राखेर समाजसेवा गर्दै आएकी छन् । सदनमा निम्न वर्गका २५ भन्दा बढी परिवारले आश्रय पाइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर