सिनामंगलको शंकास्पद वस्तु तर्साउन राखिएको पोका

काठमाडौं । सिनामंगलमा बुधबार भेटिएको शंकास्पद वस्तु विस्फोटक नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शंकास्पद रूपमा सिनामंगलस्थित खोटाङ्ग हलेसी ज्वेलर्सको सटर तल उक्त वस्तु भेटिएकोमा नेपाली सेनाको स्पिोजल टोलीले डिफ्युज गरेर हेर्दा कुनै विस्फोटक पदार्थ भेटिएन् ।

यसैबीच शंकास्पद वस्तु डिस्पोज भएलगत्तै प्रहरी वृत्त, गौशालाको टोलीले एक जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालका अनुसार पक्राउ पर्नेमा रौतहटका २८ वर्षीय खजयन्ती पासवान छन् । ‘गौशाला वृत्तमा राखेर उनीमाथि थप सोधपुछ र अनुसन्धान भइरहेको छ’, रिजालले सञ्चारकर्मीहरूलाई बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर