बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ। आजका लागि भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३० रूपैयाँ ९६ पैसा र बिक्री दर १३१ रूपैयाँ ५६ पैसा रहेको छ। युरो एकको खरिद दर १४७ रूपैयाँ ३४ पैसा र बिक्री दर १४८ रूपैयाँ ०१ पैसा रहेको छ।
त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७१ रूपैयाँ ६९ पैसा र बिक्री दर १७२ रूपैयाँ ४८पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रूपैयाँ ९० पैसा र बिक्री दर ३५ रूपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। त्यस्तै जापानीज यान १० को खरिदर ९ रुपैयाँ ४७ पैसा रहेको छ भने विक्रीदर ९ रुपैयाँ ५१ पैसा रहेको छ ।
प्रतिक्रिया