प्रधानमन्त्री प्रचण्ड औपचारिक कार्यक्रमहरुमा सहभागी हुँदै

काठमाडौं । पत्नी सीता दाहालको निधनपछि शोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज (बुधबार) देखि औपचारिक कार्यक्रमहरुमा सहभागी हुँदैछन्। दाहाल आज बिहान अखिल क्रान्तिकारीको संयोजनमा कीर्तिपुरमा आयोजना गरिएको बृहत वृक्षरोपण कार्यक्रममा सहभागी हुनेछन्।

त्यसपछि बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्न उनी आजै गोरखा जाने कार्यक्रम रहेको छ। प्रधानमन्त्री दाहाल बिहान ११ बजे गोरखा जाने सचिवालयले जनाएको छ।

बूढीगण्डकी आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनःस्थापना एकाइ रहेको गोरखाको सिउरेनीटारमा आयोजनाको फिल्ड कार्यालय प्रधानमन्त्रीले उद्घाटन गर्ने आयोजनाका प्रमुख कार्यकारी अधिकृत जगत श्रेष्ठले जानकारी दिए। कार्यक्रममा धादिङ र गोरखाका स्थानीय जनप्रतिनिधि तथा सरोकारवालालाई निमन्त्रणा गरिएको छ। कूल एक हजार दुई सय मेगावाट क्षमताको आयोजना निर्माणका लागि सरकारले बूढीगण्डकी जलविद्युत् कम्पनी स्थापना गरेको छ।

सरकारले आयोजना प्रभावितलाई हालसम्म ३४ अर्ब ३० करोड रुपैयाँबराबरको मुआब्जा वितरण गरिसकेको छ। यस्तै, घर गोठ, बोटबिरुवातर्फ छ अर्ब ७० करोड रुपैयाँबराबरको मुआब्जा वितरण भइसकेको छ। हाल मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर