बैंक वित्तिय संस्थाहरुसँग रहेको लगानीयोग्य रकमले यस आर्थिक वर्षभरिका लागि कर्जा प्रवाह गर्न पुग्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम ५ खर्ब रुपैयाँ नजिक पुगेको छ ।

गत असार ३० मसान्तसम्ममा वित्तिय प्रणालीमा ४ खर्ब ८१ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको छ । गत वैशाख २ गते वित्तीय प्रणालीमा ५४ खर्ब ७३ अर्ब रुपैयाँ कुल निक्षेप रहेकोमा उक्त परिमाण असार ३० गते ५७ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ । तीन महिनामै २ खर्ब ६७ अर्ब रुपैयाँ वित्तिय प्रणालीमा थपिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अहिले वाणिज्य बैंकहरुसँग कुल निक्षेप ५० खर्ब ६६ अर्ब रुपैयाँ रहेको छ । वित्तिय प्रणालीमा निक्षेप बढ्ने तर, यो अवधिमा कर्जा प्रवाह भने झन् घटेको छ । वैशाख २ गते वाणिज्य बैंकहरुको कर्जा ४३ खर्ब १ अर्ब रहेकोमा असार ३० गते ४२ खर्ब ९४ अर्ब रुपैयाँमा झरेको छ ।

असारमा मात्रै वित्तीय प्रणालीमा १ खर्ब ७२ अर्ब निक्षेप थपिंदा कर्जा प्रवाह १ अर्ब रुपैयाँ मात्रै बढेको छ । बजारमा वस्तु तथा सेवाको माग घट्नु र बैंकहरुको ब्याजदर उच्च हुनुले कर्जाको माग नबढेको हो । बैंकहरुमा रकम थुप्रिंदा अन्तर बैंक ब्याजदर शून्य दशमलव ५ प्रतिशतमा झरेको छ भने सरकारी ऋणपत्रहरुको ब्याजदर पाँच प्रतिशत मुनी आएको छ ।

अहिले बैंक वित्तिय संस्थाहरुसँग रहेको लगानीयोग्य रकमले यस आर्थिक वर्षभरिका लागि कर्जा प्रवाह गर्न पुग्ने विज्ञहरुले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर