खडेरीका कारण अफ्रिकामा करिब २७ लाख मानिस विस्थापित

काठमाडौं । खडेरीका कारण अफ्रिकाका करिब २७ लाख मानिस विस्थापित भएको तथ्यांक सार्वजनिक भएको छ ।

राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले सार्वजनिक गरेको तथ्यांक अनुसार सोमालियामा १७ लाख, इथियोपियामा ५ लाख १६ हजार र केन्यामा ४ लाख ६६ हजार मानिस खडेरीका कारण विस्थापित भएका हुन् ।

खडेरी प्रभावित लाखौं शरणार्थीको चापले त्यस क्षेत्रमा खाद्य असुरक्षा बढाएको पनि प्रतिवेदनमा उल्लेख छ । सन् २०२० को अन्त्यदेखि लगातार सामान्यभन्दा कम वर्षा हुनु र सोमाली प्रायद्वीपमा व्यापक खडेरी परेका कारण कृषि, पशु, वनस्पति, जलस्रोत र चरन क्षेत्र प्रभावित भएका छन् ।

डब्लुएफपीले खडेरीका कारण २ करोड ३४ लाख मानिस खाद्य असुरक्षामा परेको र ५१ लाख बालबालिका कुपोषित भएको पनि जनाएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर