३०० रुपैयाँले बढ्याे सुनको मूल्य
काठमाडौं । आज मंगलबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
यता, चाँदीको मूल्य भने आज पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।
प्रतिक्रिया