चेल्सीमा ब्राजिली युवा विङ्गर एन्जेलो गेब्रियल अनुबन्धन

काठमाडौं । लण्डन क्लब चेल्सीले ब्राजिली युवा विङ्गर एन्जेलो गेब्रियललाई अनुबन्धन गरेको छ । प्रिमियर लिग क्लबले सान्तोषबाट ब्राजिली युवा खेलाडीलाई अनुबन्धन गरेको हो ।

लण्डन क्लबले १८ वर्षका खेलाडीलाई मुल्य नखुलाएर क्लबमा अनुबन्धन गरेको छ ।

सन् २०२० मा १५ वर्ष ३ सय ८ दिनमा उनले ब्राजिलको शीर्ष डिभिजन लिगमा डेब्यु गरेका थिए । माराकाना रंगशालामा फ्लुमिनेन्सविरुद्ध खेल्दै ब्राजिली फुटबलको इतिहासमा सबैभन्दा कम उमेरमा शीर्ष डिभिजनको लिगमा डेब्यु गर्ने इतिहास उनको नाममा छ ।

एन्गिलोले सान्तोषका लागि १ सय २९ खेलमा ५ गोल गरेका छन् ।

कोपा लिबर्टाडोरेसमा गोल गर्दै उनी सबैभन्दा कम उमेरका खेलाडी हुन् । उनले सन् २०२१ को अप्रिल १६ मा गोल गरेका थिए ।

लेफ्ट फुटेट खेलाडीले ब्राजिलको यू–१५, यू–१७ र यू–२० स्तरमा खेलिसकेका छन् । उनलाई सिरियर टिमबाट भने बोलावट भएको छैन ।

यस ट्रान्सफर विन्डोमा चेल्सीले अनुबन्धन गरेको उनी तेस्रो खेलाडी हुन् । फ्रान्सका फरवार्ड क्रिस्टिोफर नाकुन्को र सेनेगल फरवार्ड निकोलस ज्याक्सनलाई चेल्सीले यसअघि अनुबन्धन गरिसकेको छ ।

चेल्सीले खेलाडी अनुबन्धनसँगै आफ्नो जम्बो टिमलाई समेत घटाईरहेको छ । उसले प्लेइङ सेटमा धेरै खेलाडीलाई यस सिजन अन्य क्लबमा बेचेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर