कांग्रेस केन्द्रीय समितिको बैठक गतिविधि लाइभ गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको आज (मंगलबार) देखि सुरु हुने केन्द्रीय समिति बैठकको गतिविधि प्रत्यक्ष प्रसारण गर्ने तयारी गरेको छ । उक्त प्रसारण पार्टीको आफ्नै वेबसाइटमा गर्ने विषयमा छलफल जारी रहेको तर निष्कर्षमा भने पुगिसकेको छैन ।

पार्टी सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले सो विषयमा छलफल गरेको केन्द्रीय सदस्य शशांक कोइरालाले बताए । उनका अनुसार सभापति शेरबहादुर देउवाले बैठक लाइभ गराउने कि भन्ने विषयमा प्रस्ताव राखेपछि छलफल गरिएको हो ।

“भोलि लाइभ गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भयो । शेरबहादुरजीले नै प्रस्ताव राखेपछि छलफल गरेको हो,” उनले भने, “दुवै कुरा आएको छ । लाइभ गर्दा पनि हुन्छ भनिएको छ । अर्को कुरा लाइभ गर्दा ढुक्कले हृदयबाट बोल्न नसक्ने पनि कुरा आएको छ । तर यो विषयमा निर्णय भर्इ सकेको छैन।”

“भोलि गरौँ, हेरौँ भन्ने कुरा भयो । सायद भोलि सुरुमै लाइभ हुन्छ । त्यसको प्रतिक्रिया हेरेर के गर्ने भन्ने निर्णय हुन्छ,” उनले भने । कोइरालाका अनुसार बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका आफ्ना नेता बालकृष्ण खाँणको विषयमा कुरा उठेन ।

“अघिल्लो बैठकमा कुरा भएको थियो । युवा साथीहरूको कारबाही गर्नुपर्छ भन्ने कुरा थियो । अर्को पक्ष हुँदैन भन्ने तर, ठोस कुरा भएको छैन,” उनले भने । कोइरालाका अनुसार बैठकमा गोपालमान श्रेष्ठले प्रतिवेदन पेस गर्ने तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर