चीनमा ८ वटा गाडी एक आपसमा ठोक्किँदा आठ जनाको मृत्यु

काठमाडौं । उत्तरपूर्वी चीनको गान्सु प्रान्तस्थित द्रुतमार्गमा सोमबार बिहान ८ वटा गाडी एक आपसमा ठोक्किँदा आठ जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् । झाङ्गे शहरको सान्दन काउन्टीमा आज बिहान ११ बजे भएको उक्त दुर्घटनामा सबै आठ जनाको घटनास्थलमा नै मृत्यु भएको प्रान्तीय आपत्कालीन कार्यालयले जनाएको छ । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

विश्वका अन्य देशको तुलनामा अधिक सवारी दुर्घटना हुने र धेरैले ज्यान गुमाउने गरेकाले चिनियाँ कम्युनिष्ट पार्टीका तत्कालीन महासचिव एवम् राष्ट्रपति हु जिन्ताओले आफ्नै कानुनी व्यवस्था भएका हङकङ र मकाउबाहेक मुख्यभूमिमा लागू हुने गरी सन् २००४ मा सवारी दुर्घटना नियन्त्रणसम्बन्धी कानुनी घोषणा गरेका थिए । उक्त कानुनको  अक्षरशः पालना नहुँदा चीनमा सडक दुर्घटना बढेको बताइएको छ । (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर