मेयर बालेन गुनासो लिएर मन्त्री मोदी कहाँ पुगे

काठमाडौं । ककनी गाउँपालिका र धुनिबेसी नगरपालिकाले काठमाडौंको फोहर बोकेको गाडी सोमबार बिहानै रोकेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साह संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई भेटन सिंहदरबार पुगेका छन् । मेयर र मन्त्रीबीच काठमाडौं महानगरसँग सम्बन्धित समसामयिक विषयमा छलफल भएको बताइएको छ।

मेयर साहले काठमाडौं महानगरका जग्गा प्राप्तिसम्बन्धी समस्या, फोहरमैला व्यवस्थापनसम्बन्धी देखिएका समस्या र तर्जुमा भइरहेको कानुनका सन्दर्भमा चासो राखेका थिए। मन्त्री मोदीसँग मेयर साहले काठमाडौं महानगरभित्र संघीय सरकारको सहयोग र समन्वयका लागि आग्रह पनि गरेका थिए।

जवाफमा मन्त्री मोदीले महानगरलाई संघीय सरकारबाट समन्वय र सहकार्य हुने उल्लेख गर्दै समस्या समाधान गर्ने बताएका थिए। “काठमाडौं महानगरपालिकाका लागि संघीय सरकार र हाम्रो मन्त्रालयमार्फत् गर्नुपर्ने समन्वय र सहकार्य गर्न हामी हामी तयार छौं। तपाइँले अहिले राख्नुभएको समस्यामाथि आवश्यक छलफल गरेर हामी समाधानको दिशामा अगाडि बढ्छौं” मन्त्री मोदीले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर