प्रधानमन्त्रीविरुद्ध दुष्प्रचार गर्ने युवक वुटवलमा पक्राउ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिर र नाम राखेर नक्कली भारतीय आधार कार्ड र आयकर कार्ड सामाजिक सञ्जालमा पोष्ट गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुटवल उपमहानगर–११ देवीनगरका टाइगर रानामगर भनिने शेरबहादुर राना रहेका छन् ।

उनले प्रधानमन्त्री पत्नी सीता दाहालको निधनका बेलासमेत सामाजिक सञ्जालमा असंवेदनशील पोस्ट गरेका थिए । ब्युरोले लोकेसन पत्ता लगाई रुपन्देही प्रहरीको सहयोगमा उनलाई पक्राउ गरेको हो । उनलाई केन्द्रीय साइबर ब्युरोले आइतबार बुटवलबाट पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ९डिएसपी० दानबहादुर थापाले रानामगरलाई आइतबार साँझ पक्राउ गरी काठमाडौं पठाइएको जानकारी दिए । उनलाई काठमाडौंमै साइबर क्राइमसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर