खाँणलाई निलम्बन गर्न कांग्रेसमा चर्को दबाब, देउवा मौन

काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले ११ महिनापछि केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएपछि आफ्नो पक्षको तयारी बैठक बोलाएको छ । केन्द्रीय समिति बैठकअघि शेखरको सम्पर्क कार्यालयमा सोमबार बिहान समूहको बैठक बसेको हो । लामो समयपश्चात केन्द्रीय समिति बैठक बस्ने भएपछि सम्भावित एजेण्डाको विषयमा टुंगो लगाउने तयारी उनीहरूको छ । आजै दिउँसो २ बजे सभापति शेरबहादुर देउवाले आफ्नो निवास धुम्बाराहीमा पदाधिकारी र पूर्व पदाधिकारीको बैठक पनि बोलाएका छन् ।

यो बैठकमा पनि प्रस्तुत हुने एजेण्डा तय गर्न शेखर पक्ष छलफलमा जुटेको हो । कांग्रेसको केन्द्रीय समितिको बैठक मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । साथै नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने मागप्रति पनि देउवा मौन छ । यो समूहले यस विषयमा समेत बैठकमा सभापतिको गम्भीर ध्यानाकर्षण गराउने तयारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर