लुम्बिनी प्रदेशका पूर्वमन्त्री यादव बैंकिङ कसुरमा पक्राउ

काठमाडौँ । लुम्बिनी प्रदेशका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन्। गत माघ १० मा रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवका नाममा दिएको १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाडौंको चेक बाउन्स भएपछि पूर्व मन्त्री यादवमाथि मुद्दा दर्ता भएको थियो।

मुद्दा दर्तापछि यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। रुपन्देही प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामू अर्यालले बाँकेको डुडुवा गाउँपालिका होलीयाबाट आइतबार उनलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए। २०७४ सालको निर्वाचनमा जनता समाजवादी पार्टी जसपाबाट निर्वाचित  यादव गत वर्षको साउन ३१ मा  नेकपा एमाले प्रवेश गरेका थिए।

लुम्बिनी प्रदेशसभामा बाँकेको प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’बाट निर्वाचित उनी लुम्बिनी प्रदेश सरकारका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रहेका थिए। पार्टीको निर्देशनविपरीत सरकारमा सहभागी भएको भन्दै जसपाले उनलाई कारबाही गरेको थियो। पार्टी कारबाहीमा परेपछि प्रदेशसभा सदस्य पद खोसिएका उनी एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री बनेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर