इन्धनमा अटो प्राइस लागू, डिजेल र मट्टितेलमा ४, पेट्रोलमा ६ र ग्यासमा १० रुपैयाँ मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले आइतबार मध्य रातिबाट स्वचालित मूल्य प्रणाली लागू गर्ने भएको छ। निगमको आइतबार बसेको बोर्ड बैठकले स्वचालित मूल्य कार्यविधि लागू गरेको हो। ‘आज राति १२ बजेबाट लागू हुने गरी स्वचालित मूल्य कायम गरेका छौं । डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा लिने गरी सम्पूर्ण मूल्य स्वचालित प्रणालीमा जाने र एलपी ग्यासमा भने कुनैपनि नाफा नलिने घोषणा गरेका छौं’, निगमले आयोजना गरेको पत्रकार सम्मेलनमा उद्योग सचिवले भने ।

निगमले यसअघिको भारतसँगको सबै वक्यौताहरु तिरिसकेको र नेपाल सरकारसँगको ३ अर्ब ५० करोड वक्यौता बाँकी रहेको जनाएको छ । पेट्रोलमा प्रतिलिटर ६, डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर १० रुपैयाँ मूल्य घटेको छ। यसअघिको वर्गीकरणका आधारमा तय गरेको मूल्यमा समान रूपमा घट्ने गरेको आयल निगमले जनाएको छ। स्वचालित मूल्य प्रणालीअनुसार मूल्य बढेर आएपछि बढ्ने र घट्दा घट्नेछ। हवाई इन्धनको मूल्यमा भने उक्त प्रणाली लागू नहुने निगमले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर