मार्केटालाई विम्बल्डन टेनिसको उपाधि

काठमाडौं । मार्केटा वोन्ड्रोसोवाले महिलातर्फको विम्बल्डन टेनिसको उपाधि जितेकी छिन् ।

वरियता विहीन खेलाडी मार्केटाले ओन्स जाबेउरलाई हराउँदै वरियता बिनाको विम्बल्डन जित्ने पहिलो महिला खेलाडी बनेकी छिन् ।

चोटका कारण पछिल्लो सिजन ६ महिना कोर्ट बाहिर रहेकी २४ वर्षकी वोन्ड्रोसोवा विश्वको ४२ औं स्थानमा छिन् । चेक खेलाडीले सन् २०२२ की उपविजेता जावेउरलाई ६–४ र ६–४ ले हराउँदै महिला सिंङ्गलमा उपाधि जितेकी हुन् ।

छैटौं वरियताकी २८ वर्षकी जाबेउरले तीन वटा मुख्य प्रतियोगिताको फाइनल गुमाउन पुगेकी छिन् ।

‘मलाई थाहा छैन, के भैरहेको छ । यो अदभुत अनुभव हो ।’ वोन्ड्रोसोवाले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर