बंगलादेशसँग दोस्रो खेल आज खेल्दै

काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल आज आईतबार खेल्दैछ ।

मैत्रीपूर्ण खेलका लागि बंगलादेश भ्रमणमा रहेको नेपालले दोस्रो खेल खेल्न लागेको हो ।

एशियाडको तयारीमा रहेको नेपाल मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा रहेको छ । नेपालले बंगलादेशमा दुई मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । नेपाली टिमलाई प्रशिक्षक अनन्तराज थापाले नेतृत्व गरेका छन् ।

बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको थियो ।

नेपालका लागि सावित्रा भण्डारीले दोस्रो हाफको इन्जुरी समयमा नेपालको तर्फबाट बराबरी गोल फर्काएकी थिईन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर