राहुल गान्धी मोदी उपनाम मानहानि मुद्दामा सर्वोच्च अदालत पुगे

काठमाडौं । कांग्रेस नेता राहुल गान्धी मोदी उपनाम मानहानि मुद्दामा सर्वोच्च अदालत पुगेका छन्। आफ्नो निवेदनमा गान्धीले यसअघि गुजरात उच्च अदालतले दोषी ठहर गर्ने निर्णयमा रोक लगाउन माग गरेका छन् ।

वास्तवमा गुजरात उच्च अदालतले मोदी उपनाम मामिलामा गान्धीको सजायलाई रोक्न अस्वीकार गरेको थियो। अहिले गान्धीले गुजरात उच्च अदालतको फैसलालाई चुनौती दिएका छन् ।

कांग्रेस नेता गान्धीले सर्वोच्च अदालतमा सजाय रोक्न अपिल गरेका छन् । मोदी उपनामको मुद्दामा सजाय पाएपछि उनले लोकसभाको सदस्यता गुमाउनु परेको थियो ।

सन् २०२३ मार्च २३ मा भारतीय जनता पार्टी ९बिजेपी० का विधायक पूर्णेश मोदीको उजुरीका आधारमा मुख्य न्यायिक मजिस्ट्रेट, सूरत अदालतले गान्धीलाई दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको थियो।

सोही फैसलाका कारण उनको संसदको सदस्यता पनि खेर गयो । यति मात्र होइन, सजाय पूरा गरेपछि उनी आगामी ६ वर्ष अर्थात् २०३१ सम्म चुनाव लड्न पनि अयोग्य भए ।

त्यसपछि अप्रिलमा गान्धीले उक्त फैसलाविरुद्ध सेसन अदालत पुगेका थिए । सेसन अदालतले अपील पेन्डिङ रहन्जेलसम्म उनलाई जमानत दियो तर फैसलामाथि रोक लगाउन अस्वीकार गर्यो ।

उक्त फैसलालाई गान्धीले गुजरात उच्च अदालतमा चुनौती दिएका थिए तर उच्च अदालतले पनि सेसन अदालतले गरेको दोषी ठहरसम्बन्धी फैसलामाथि रोक लगाउन अस्वीकार गर्यो। एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर