नेपाल आयल निगमले इन्धनमा अटो प्राइस सिस्टम अपनाउने

काठमाडौं ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य (अटो प्राइस) प्रणाली प्रभावकारीरूपमा कार्यान्वयन गर्ने भएको छ ।

उक्त प्रणाली साउन महिनादेखि पूर्णरूपमा कार्यान्वयनमा ल्याउने निगमले जनाएको छ । स्वचालित मूल्य भनेको अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने हुन्छ । डिजेल, पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासमा समेत स्वचालित मूल्य लागू गरिने निगमले जनाएको छ ।

यसअघि पूर्णरूपमा मूल्य घट्दा नघटाउने र बढ्दा मात्र बढाउने गर्दा प्रभावकारीरूपमा कार्यान्वयनमा आउन सकेको थिएन । २०७१ सालमा निगम ३६ अर्ब ऋणमा रहेको थियो । क्रमिक रूपमा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गएपछि निगमले भारतीय आयल निगमलाई ऋण चुक्ता गरेको थियो । हाल बजारमा पेट्रोल प्रतिलिटर १७०, डिजेलरमटितेल १५०, हवाई इन्धन प्रतिलिटर १३६ रुपैयाँ र एलपी ग्यास प्रतिसिलिन्डर एक हजार आठ सय रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर