नेपालबाट पहिलो पटक पशुआहार चीन निर्यात

काठमाडौं । नेपालबाट पहिलो पटक पशुआहार (हाइलेज) भएको छ। भरतपुरमा रहेको होराइजन इन्टरनेसनल प्रालिले उत्पादन गरेको पशुआहार शनिबार चीन निर्यात गरिएको हो।
कम्पनीले तयार गरेको १० कन्टेनर पशुआहार पहिलो दिन चीन पठाइएको छ। कम्पनीका अनुसार अब क्रमशः दैनिक २० कन्टेनर पशुआहार चीन पठाइने छ। एक वर्षमा दुई सय करोड टन पशु आहार चीनको सिगात्से सहर पठाउने योजना छ। सो सहर निकै चिसो भएकाले त्यहाँ घाँस उत्पादन हुँदैन।
ंकम्पनीका अनुसार डाँठ र दूधिलो घोगासहितको मकैको बोटबाट हाइलेज तयार पारिएको हो।

दुई वर्षसम्म घाँस प्रयोग गर्न मिल्छ। यसलाई निकै पोषिलो आहारका रुपमा लिने गरिन्छ। कम्पनीले किसानसँग गुणस्तर हेरेर बोटै सहितको मकै खरिद गर्दै आएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर