मोवाइलको फोन उठाउँदा करेन्ट लागेर मृत्यु

काठमाडौं । झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

गौरीगञ्ज गाउँपालिका वडा नं। १ टुनुकी ५५ वर्षीया सिला बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार खेतमा काम गर्न गएकी उनी घरमा फर्किएर चार्जमा रहेको मोवाइलको फोन उठाउँदा करेन्ट लागेको थियो ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर