कुनै पनि अनुसन्धानमा सरकारको हस्तक्षेप छैन : गृहमन्त्री
चितवन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि अनुसन्धानमा सरकारको हस्तक्षेप नभएको बताएका छन् ।
तथ्य र प्रमाणका आधारमा दोषीलाई कारबाही प्रक्रिया अघि बढेको बताउँदै उनले यसमा प्रहरीलाई कुनै दबाब नदिएको बताएका हुन् ।
चितवनको भरतपुरमा पत्रकारसँग कुरा गर्दै श्रेष्ठले भने, कसैले कोही मान्छे पक्राउ परोस् भन्ने चाहेर नभइ तथ्य प्रमाणका आधारमा समातिने छ । अनुसन्धानका क्रममा ढिलोचाँडो हुनसक्ने बताउँदै उनले कुनै पनि प्रकरणमा अनुसन्धानको काम नरोकिएको बताए ।
प्रतिक्रिया