नेदरल्याण्डका डच डिफेन्डर आर्सनलमा

काठमाडौं । आर्सनलले नेदरल्याण्डका डिफेन्डर जुरियन टिम्बरलाई अनुबन्धन गरेको छ । लण्डन क्लबले अजाक्सका खेलाडी टिम्बरलाई ३४ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।

आर्सनलका सेन्टर ब्याक विलियम सालिबाले चार वर्षको सम्झौता नविकरण गरेपछि लण्डन क्लबले अर्का डिफेन्डर थपेको हो ।

‘जुरियनलाई अनुबन्धित गर्न पाउँदा हामी निकै उत्साहीत छौं । उनी निकै प्रतिभावान डिफेन्डर हुन् ।’ आर्सनल प्रशिक्षक मिकेल अर्टेटाले भनेका छन् ।

डच डिफेन्डरले सेन्टर ब्याकसँगै साइट ब्याक समेत खेल्ने गर्छन् । उनी म्यानचेस्टर युनाईटेडसँग समेत जोडिएका थिए । जर्मन क्लब बायर्न म्युनिखले समेत डच डिफेन्डर अनुबन्धनमा इच्छा देखाएको थियो ।

नेदरल्याण्डबाट उनले १५ क्याप जितेका छन् । उनले कतार विश्वकपमा चार खेलमा समेत मैदान उत्रिएका थिए । जसले लुइस भान गालको टिमलाई प्रतियोगिताको क्वाटरफाइनलमा पुर्याउन योगदान गरेको थियो ।

टिम्बरले आफु सधै आर्सनलको प्रशंसक रहेको बताउँदै लण्डन क्लबका लागि खेल्न आफु उत्साहीत रहेको बताएका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर