आत्महत्या दुरुत्साहनको आरोपमा चारजना पक्राउ

काठमाडौं । आत्महत्या दुरुत्साहनको आरोपमा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका प्रशासन प्रमुख भोजकुमार बस्नेत, फार्मेसी इन्चार्ज जुना स्थापित, फार्मेसी सहायक विष्णु पौडेल र फार्मेसी सहायक कृष्ण पौडेल पक्राउ परेका छन् ।
सेन्टरका फार्मेसी अधिकृत अमृत पोखरेल शुक्रबार मृत फेला परेका थिए । पोखरेलकी श्रीमती मनिका कोइरालाले चार जनाविरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएकी थिइन् । प्रहरीले उनीहरुलाई पक्राउ गरेर महाराजगन्ज वृत्तको हिरासतमा राखेको छ।

पोखरेलको सुसाइड नोटमा आत्महत्या गर्न बाध्य पारेको भन्ने उल्लेख रहेको भेटिएपछि प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको हो।
फार्मेसीमा आर्थिक अनियमितता भएको भन्दै उनीमाथि पनि प्रशासनले छानबिन गरिरहेको थियो। बिहीबार अस्पताल प्रशासनले बनाएको छानबिन समितिले उनीसँग स्पष्टीकरण सोधेको थियो। उनले सुसाइड नोटमा पनि सोही घटनालाई जोडेका छन्।

उक्त घटनालाई लिएर आफूलाई फसाउन खोजेको गुनासो उल्लेख गरेको अनुसन्धान अधिकारीले बताए। सोही आरोपका कारण उनलाई जिम्मेवारीबाट हटाइएको थियो। अर्घाखाँची घर भएका पोखरेल शुक्रबार अस्पतालको दुई तलामाथि झुण्डिएको अवस्थामा फेला परेका थिए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर