भारतीय चन्द्रयान–३ को सफल प्रक्षेपण

काठमाडौं । भारतले चन्द्रमाका लागि चन्द्रयान–३ पठाएको छ। स्थानीय समयअनुसार शुक्रबार दिउँसो २ः३५ बजे आन्ध्रप्रदेशको स्पेसपोर्टमा चन्द्रयान–३ नाम दिइएको रकेट चन्द्रमामा पठाइएको हो। इसरोले चन्द्र मिशनअन्तर्गत चन्द्रयान–३ चन्द्रमामा पठाइएको बीबीसीले जनाएको छ। चन्द्रयान–३ अगस्ट ५ मा चन्द्रमाको कक्षमा प्रवेश गर्ने बताइएको छ। इसरो प्रमुख सोमनाथले भने, ‘चन्द्रयान–३ ले चन्द्रमाको यात्रा सुरु गरिसकेको छ। चन्द्रयान–३ लाई आगामी दिनहरुमा चन्द्रमामा पुग्ने शुभकामना।’

चन्द्रयान–३ मा ल्यान्डर, रोभर र तीनवटा प्रोपल्सन मोड्युल छन्। यसको कुल वजन ३ हजार ९ सय किलोग्राम रहेको छ। यस मिसनमा चन्द्रयानको रोभर (सानो रोबोट) निस्कनेछ जसले चन्द्रमाको सतहमा अवतरण गर्नेछ र यसको पोजिसनिङ चन्द्रमाको दक्षिण ध्रुवमा हुनेछ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर