सञ्चालक र बाउन्सरलाई कुटपिट गर्ने पाँचजना पक्राउ

काठमाडौं । ठमेलस्थित ओम्निया नाइट क्लबमा प्रवेश गरेर सञ्चालक र बाउन्सरलाई कुटपिट गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। युवराज गुरूङ भनिने सानोभाइसहित पाँचजनालाई पोखराबाट पिछा गर्दै शुक्रबार पक्राउ गरेको उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी श्याम ज्ञवालीले बताए। पक्राउ पर्ने अन्यमा टोखाका ३३ वर्षीय विक्रम अधिकारी, तनहुँ दमौलीका ३२ वर्षीय सुवास कायस्थ, तनहुँ, दमौलीकै ३० वर्षीय सुरज कायस्थ र नुवाकोट पञ्चकन्या– ५ का कमल तामाङ छन्।

असार १५ गते नुवाकोटका गुण्डा सानुभाइ भन्ने युवराज गुरुङको समूहले सञ्चालक राजेन्द्र गुरुङ र बाउन्सरलाई कुटपिट गरेको थियो। ६ जनाको समूहमा पुगेका गुरुङको समूहले सञ्चालकलाई लखेटि लखेटि कुटेको भिडिओ सार्वजनिक भएको थियो। युवराज गुरुङको समूहका विनोद लामा, रघु लामा, कमल लामा, निरु भन्ने निरज गुरुङ र विश्व लामाले क्लबका सञ्चालक र बाउन्सरलाई कुटपिट गरेका हुन्।

रक्सी खाएर उनीहरु निउँ खोज्दै क्लबमा प्रवेश गरेका थिए। युवराज र क्लब सञ्चालकबीच लेनदेनको कारोबार थियो। कुटपिटमा संलग्नमध्ये विनोद लामा र रघु लामा असार २५ गते पक्राउ परेका थिए। क्लब सञ्चालकले प्रहरी बृत्त सोह्रखुट्टेमा ६ जनाविरुद्ध जाहेरी दिएका थिए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर