मिटरब्याजसम्बन्धी विधेयक कार्यसूचीमा नराखे रास्वपाले सदन चल्न नदिने चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिटरब्याजसम्बन्धी विधेयक कार्यसूचीमा नराखिए सदन चल्न नदिने चेतावनी दिएका छन्।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकको आकस्मिक समयमा लामिछानेले आफूहरु पीडितको पक्षमा रहेको भन्दै विधेयक तत्काल अघि नबढाए बैठक चल्न नदिने बताए। ‘मिटरब्याजसम्बन्धी विधेयक कसका कारण रोकियो ? कसको स्वार्थले यसरी विधेयक ल्याइएन? आगामी बैठकमा मिटरब्याजसम्बन्धी विधेयक राखिएन भने राष्ट्रिय स्वतन्त्र पार्टी सदन चल्न नदिने पक्षमा उभिने छ’‚ उनले भने ‘जनतालाई रुवाएर त्यसबारे मौन बसेर सदन चल्न सक्दैन ।’

शुक्रबार संवेदनशील विषय भएकाले अवरोध नगरिने भन्दै उनले मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक नल्याइए संसदको आगामी बैठकमा अवरोध गरिने बताए। यसअघि आफूहरूलाई विधेयकको विरोधी बनाउन खोजिएकोमा आपत्ति जनाउँदै उनले आफूहरू पीडितले न्याय पाउनुपर्ने पक्षमा रहेको बताए। सत्तापक्षकै कारण विधेयक रोकिएको गाइँगुइँ सुनिएको भन्दै लामिछानेले विधेयक सदनमा ल्याएपछि को पक्षमा र को विपक्षमा रहेको खुल्ने पनि बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर