बुद्ध एअरको विमान १७ मिनेटमा पुनः काठमाडौं फर्काइयो

काठमाडौं । काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एअरको विमान १७ मिनेटमा पुनः काठमाडौं फर्काइएको छ। १५ माइल उडेपछि इन्डिकेशनमा समस्या देखिएकाले त्रिभुवन विमानस्थलमै फर्काइएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले  जानकारी दिए।

उनका अनुसार अहिले प्राविधिकहरूले विमानको समस्याबारे अध्ययन गरिरहेका छन्। दिउँसो १ बजेर ५३ मिनेटमा विमानस्थलबाट उडेको नाइन एन् एजेओ जहाजमा समस्या आएपछि २ बजेर १० मिनेटमा विमानस्थलमै अवतरण गराइएको हो । विमानमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए । विमानमा सवार सबै यात्रु सकुशल रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर