भक्तपुरमा १५ दिनदेखि हराइरहेकी महिला मृत अवस्थामा फेला

भक्तपुर । भक्तपुरमा १५ दिनदेखि हराइरहेकी महिला मृत अवस्थामा फेला परेकी छन् । सूर्यविनायक नगरपालिका–७, गुण्डुकी ३८ वर्षीया माया नगरकोटीको शव फेला परेको जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

उनी बेपत्ता भएको भन्दै परिवारले खबर गरेपछि प्रहरीले उनलाई खोजिरहेको थियो। बिहीबार शव भेटिएको स्थान प्रहरी वृत्त, जगानीबाट ५ किलोमिटर दक्षिण पश्चिमतिर पर्ने प्रहरीले जनाएको छ।

खोजीमा असार १७ गतेदेखि नै प्रहरीको तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको थियो । तर, कुनै सुराक हात लागेको थिएन । अहिले शव भेटिएको स्थान नजिकै विषको एउटा बट्टा पनि फेला परेको प्रहरीले जनाएको छ। घटनालाई हेर्दा र नजिकै विषको बट्टा समेत फेला परेकोले विष सेवनका कारण उनको मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ। यद्यपि शव पोष्टमार्टमका लागि पठाएको र भिसेरा जाँचबाट मात्रै मृत्युको कारण थाहा हुने प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर