सप्तकोशीमा ट्रक खस्यो, डुबेकाको सकुशल उद्धार

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजमा आज ट्रक खसेको छ । ब्यारेको ढोका नं १० बाट मे१ख ३००७ नं को ट्रक खसेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेश सिंहले बताए । उनका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १ ख १८६५ नं को बस र विपरीत दिशाबाट आइरहेको ट्रक एकापसमा ठोकिँदा ट्रक कोशी नदीमा खसेको हो ।

नदीमा झरेको ट्रकमा सवार चालक र अन्य व्यक्तिलाई सकुशल उद्धार गरिएको छ । यसैबीच कोशीमा खसेका ट्रकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको थप विवरण आउन अझै बाँकी रहेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर