सुनचाँदीको मूल्य सामान्य बढ्यो

काठमाडौं । आज शुक्रबार पनि सुनचाँदीको मूल्य सामान्य बढेको छ। सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार पनि सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबार चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर १ हजार ४८० रुपैयाँ कायम भएको छ। बिहीबार पनि तोलामा ४० रुपैयाँले बढेर चाँदी १ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर