डेब्यू खेलमै यशस्वीको शानदार शतक

काठमाडौं । भारतका युवा ब्याटर यशस्वी जैसवालले वेस्टइन्डिजविरुद्ध डेब्यू टेस्ट खेलमै शानदार शतक प्रहार गरेका छन् । खेलको पहिलो इनिङमै यशस्वीले सानदार शतक हानेका छन् ।

जैसवालले २ सय १५ बलमा ११ चौकाको सहयोगमा आफ्नो शतक पूरा गरेका थिए ।

दोस्रो दिनको खेल सकिँदा भारत १ सय १३ ओभरमा २ विकेट गुमाउँदै ३ सय १२ रन बनाएको छ । दोस्रो दिनको खेल सकिदासम्म भारतले पहिलो इनिङमा १ सय ६२ रनको अग्रता लिएको छ ।

भारतका लागि यशस्वी जैसवाल ३ सय ५० बलमा १४ चौकासहित १ सय ४३ रनमा अविजित छन् । कप्तान रोहित शर्मा २ सय २१ बलमा १० चौका र २ छक्कासहित १ सय ३ रनमा बनाउँदै आउट भए ।

पहिलो विकेटका लागि जैसवाल र रोहितले २ सय २९ रनको सानदार साझेदारी गरेका थिए । शुभमन गिल ६ रनमा आउट भए । विराट कोहली ९६ बलमा १ चौकासहित ३६ रनमा अविजित छन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिज ६४ दशमलब ३ ओभरमा १ सय ५० रनमा अलआउट भयो । वेस्टइन्डिजका लागि एलिक एथानाजेले ९९ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४७ रन बनाए ।

भारतका रविचन्द्रन आश्विनले ५ तथा रविन्द्र जडेजाले ३ विकेट लिए । शार्दुल ठाकुर र मोहम्मद शिराजले समान १/१ विकेट लिए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर