विदेशी हतियारले युक्रेनको युद्धभूमिको अवस्था परिवर्तन गर्न नसक्ने : पुटिन

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विदेशी हतियारले युक्रेनको युद्धभूमिको अवस्था परिवर्तन गर्न नसक्ने बताएका छन् ।

उनका अनुसार ती विदेशी हतियारहरुले थप तनाव बढाउने छन्, लडाइँलाई तिव्र पार्नेछ र अन्ततः विनाश निम्त्याउने छ भन्दै युक्रेनलाई उनले चेतावनीसमेत दिएका छन् । राष्ट्रपति पुटिनले रुसी सेनालाई प्राथमिकताका आधारमा विदेशी ट्यांकलाई कारबाही गर्न समेत निर्देशन दिएका छन ।

नाटो शिखर सम्मेलनपछि पहिलो पटक रुसी सरकारी टेलिभिजनमार्फत राष्ट्रपति पुटिनले आफ्नो धारणा बाहिर ल्याएका हुन । पुटिनले युक्रेनलाई नेटो सदस्यता दिने आश्वासन रुसको सुरक्षाका लागि खतरनाक भएको र यसले फेरि एकपटक विश्वव्यापी तनाव बढेको प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।

फ्रान्सले युक्रेनलाई २५० किलोमिटर मार हान्न सक्ने क्रुज क्षेप्यास्त्र दिने घोषणा गरेकोमा पनि पुटिनले आपत्ति जनाएका छन । यद्यपि, फ्रान्सको सो सहयोगले उल्टै क्षति पुर्‍याउने छ तर युद्ध मैदानको अवस्था परिवर्तन नहुने बताए ।

युक्रेनसँगको खाद्यान्न निर्यात सम्झौतामा पुटिनले रुसका केही अपेक्षा पूरा नभएमा यो सम्झौतालाई निरन्तरता नदिने बताएका छन् । यस सम्झौताको म्याद जुलाई १७ मा सकिँदैछ।

यस सम्झौता अन्तर्गत खाद्यान्न बोकेका युक्रेनी जहाजहरू रूसी सेनाको अनुमतिमा मात्र ब्ल्याक सागर हुँदै बाहिर जान पाउँछन् । युक्रेनी जहाजहरू विदेश जानको लागि यो एक मात्र तरिका र बाटो पनि हो। एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर