चेल्सी फरवार्ड क्रिस्टियन पुलिसिक एसी मिलानमा अनुबन्धित

काठमाडौं । चेल्सी फरवार्ड क्रिस्टियन पुलिसिक एसी मिलानमा अनुबन्धित भएका छन् । चेल्सीले उनलाई २० मिलियन पाउण्डमा एसी मिलानमा बेचेको हो ।

औपचारिक सम्झौता अघिनै पुलिसिकले प्रशिक्षक स्टेफानो पियोलीसँग प्रशिक्षण सुरु गरिसकेका थिए । २४ वर्षका खेलाडीले एसी मिलानसँग चार वर्षको सम्झौता गरेका छन् ।

पुलिसिकले चेल्सीका लागि १ सय ४५ खेलमा २६ गोल गरेका छन् । सन् २०२१ को च्याम्पियन्स लिगमा चेल्सीले म्यानचेस्टर सिटीलाई हराएर उपाधि जित्दा उनी पनि महत्वपुर्ण सदस्य थिए ।

‘पछिल्ला केही सिजन चेल्सीमा निकै कठिन रह्यो । मैले चाहे जति अवसर प्राप्त गर्न सकिन ।’ पत्रकार सम्मेलनमा पुलिसिकले भने, ‘अघि बढ्न मेरा लागि निकै राम्रो अवसर प्राप्त भएको छ, ताजा तरिकाले सुरुआत गर्न र ठुलो टिमका लागि खेल्न ।’

उनी सन् २०१९ मा बोरुसिया डर्टमण्डबाट चेल्सीमा ५७ मिलियन पाउण्डमा आएका थिए । सो सम्झौताले उनी उत्तर अमेरिकीका सर्वाधिक महङ्गा खेलाडी बनेका थिए ।

अमेरिकी खेलाडी पुलिसिकले देशका लागि ६० क्याप जितेका छन् ।

चेल्सी सहकर्मी रुबिन लोफ्टस चेक समेत यसै समर ट्रान्सफरमा एसी मिलान आएका छन् । त्यसपछि उनी सिरि ए क्लबसँग जोडिएका थिए ।

चेल्सीले प्लेइङ सेटमा स्थापित खेलाडीलाई समेत यस सिजन क्लबबाट बेचेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर